Like us!
Follow us!
Connect us!
Watch us!

अवकाश पाएकै दिन खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छोड्न पनि स्वीकृति लिनु पर्ने

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १३ : १० मा प्रकाशित

अवकाश पाएकै दिन खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छोड्न पनि स्वीकृति लिनु पर्ने

जेनजी आन्दोलनमा भएको दमन र तोडफोड तथा आगजनी छानबिनका लागि गठित जाँचबुझ आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान नदिन सरकारलाई पत्राचार गरेको छ । खापुङले अवकाश पाएकै दिन उनलाई आयोगले आफ्नो स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सरकारलाई पत्राचार गरेको हो । 

‘आज सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजैदेखि लागू हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ आयोगका सदस्य विज्ञानराज शर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । खापुङले प्रहरी महानिरीक्षकबाट बिहीबार नै अवकाश पाएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला खापुङ प्रहरीमहानिरीक्षक थिए । 
 

691588d91a47a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको