Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीको निष्क्रिय कर्जा - आईसीएफसीको सबै भन्दा कम, जानकीको ५५ प्रतिशत बढी

अर्थ संसार

मंगलबार, २० माघ २०८२, १७ : ११ मा प्रकाशित

फाइनान्स कम्पनीको निष्क्रिय कर्जा - आईसीएफसीको सबै भन्दा कम, जानकीको ५५ प्रतिशत बढी

फाइनान्स कम्पनीहरूहरुको निष्क्रिय कर्जा ५५ प्रतिशतसम्म पुगेको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विववरण अनुसार निष्क्रिय कर्जा ५५.२६ प्रतिशतसम्म पुगेको हो । 

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबै भन्दा धेरै निष्क्रिय कर्जा भएको फाइनान्स कम्पनी जानकी फाइनान्स हो भने सबै भन्दा कम निष्क्रिय कर्जा हुन आईसीएफसी फाइनान्सको रहेको छ । यो अवधिमा जानकी फाइनान्सको निष्क्रिय कर्जा ५५.२६ प्रतिशत पुगेको छ । आईसीएफसी फाइनान्सको यस्तो निष्क्रिय कर्जा ३.५१ प्रतिशत रहेको छ । वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरुमध्ये तीन वटाले नोक्सानी व्यहोरेका छन् भने अन्यको नाफा सकारात्मक रहेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा नेपाल फाइनान्स, जानकी फाइनान्स र प्रोग्रेसिभ फाइनान्स नोक्सानीमा रहेका छन् । बाँकी फाइनान्सको नाफा सकारात्मक देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नोक्सानी व्यहोरेका बेस्ट, गोर्खाज, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, पोखरा, रिलायन्स र समृद्धि फाइनान्सको खुद मुनाफा पनि चालु आवको दोस्रो त्रैमासिकसम्मको अवधिमा सकारात्मक देखिएको छ ।

वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा ३.६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्सले ११ करोड ७० लाख ७९ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा ३.८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । बेस्ट फाइनान्सले यो अवधिमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । यो फाइनान्सको निष्क्रिय कर्जा यो अवधिसम्ममा १३.८७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको निष्क्रिय कर्जा ३.८६ प्रतिशत रहेको थियो । त्यस्तै चालु आवको पुस मसान्तसम्मको अवधिमा सेन्ट्रल फाइनान्सको निष्क्रिय कर्जा १४.१८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको निष्क्रिय कर्जा ११.९४ प्रतिशत रहेको थियो । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ३ करोड ९१ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा ३४ लाख ९० हजार मात्रै रहेको थियो । त्यस्तै यो अवधिमा गुडविल फाइनान्सको निष्क्रिय कर्जा ६.७० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको यस्तो निष्क्रिय कर्जा ६.७७ प्रतिशत रहेको थियो । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड १७ लाख ८ हजार रुपैयाँँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको यस्तो नाफा १ करोड ४ लाख ८९ हजार नाफा आर्जन गरेको थियो । 

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सले ६ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीको निष्क्रिय कर्जा ३.७८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको २५ लाख ९८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो भने निष्क्रिय कर्जा ३.०६ प्रतिशत रहेको थियो । त्यस्तै  गुहेश्वरी मर्चेन्टको निष्क्रिय कर्जा ६.९४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको निष्क्रिय कर्जा ८.१८ प्रतिशत हरेको थियो । यो कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यो कम्पनी गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड १८ लाख ८१ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको थियो । 

त्यस्तै आईसीएफसी फाइनान्सले ३ करोड २० लाख ३० हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा ३.५१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा आईसीएफसी फाइनान्सले १० करोड ९१ लाख ३२ हजार रुपैयाँँ खुद मुनाफा कमाएको थियो भने ३.०७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । त्यस्तै मल्टीपर्पस, पोखरा र रिलायन्स फाइनान्सले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः ७८ लाख ३४ हजार, २३ करोड ३८ लाख २८ हजार र १७ लाख २३ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः ८.३०, २५.१० र ९.०९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा मल्टीपर्पसले १ करोड २३ लाख ८९ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा पोखरा र रिलायन्सले भने क्रमशः ६३ करोड ७९ लाख ६४ हजार र १ करोड १९ लाख ७३ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको थिए । गत आर्थिक वर्षको पुस मसान्तसमा यी कम्पनीहरुको निष्क्रिय कर्जा क्रमशः ५.४५, ३३.४४ र १४.३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा समृद्धि र श्री इन्भेष्टमेन्ट फाइनान्सले भने क्रमशः ११ लाख ६९ हजार र १ करोड २१ लाख ६३ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः ८.१७ र ३.८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गत आवको सोही अवधिमा समृद्धिले ६ करोड २८ लाख २१ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोर्दा श्रीले १ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  गत आर्थिक वर्षको पुस मसान्तसम्ममा श्री इन्भेष्टमेन्टले १ करोड ४१ लाख ६० हजार रुपैयाँँ खुद मुनाफा कमाएको थियो र निष्क्रिय कर्जा ३.७१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा यो कम्पनीको निष्क्रिय कर्जा ३.८३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा समृद्धि फाइनान्सको निष्क्रिय कर्जा १९.३४ र श्रीको ३.७१ प्रतिशत थियो । 

जानकी, प्रोग्रेसिभ र नेपाल फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासमा क्रमशः २ करोड २३ लाख ८३ हजार, २ करोड ९२ लाख ५१ हजार र ८ करोड ७३ लाख ४९ हजार रुपैयाँँ खुद नोक्सानी बेहोर्दा क्रमशः ५५.२६, ७.३९ र १६.७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने जानकीले १६ करोड ५ लाख ९ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोर्दा प्रोग्रेसिभ र नेपाल फाइनान्सले क्रमशः ८ करोड ५३ लाख ५० हजार र २ करोड ५ लाख ४ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा क्रमशः ४०.८८, ५.५७ र १०.४६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको