साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आज सेयर बजार परिसुचक ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ अंकले घटेर ४४०.८८ विन्दुमा पुगेको हो । त्यस्तै आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटको घटेको छ ।
आज सेयर बजारमा ४ अर्ब ४९ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ५० हजार ६२१ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस