Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि दोस्रो संस्करणको एनपीएल सुरु हुँदै, पहिलो पटक फ्लडलाइटमा खेल हुने

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, ०७ : ५९ मा प्रकाशित

आजदेखि दोस्रो संस्करणको एनपीएल सुरु हुँदै, पहिलो पटक फ्लडलाइटमा खेल हुने

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । ८ टोलि सहभागि प्रतियोगिताको पहिलो खेलमा साविक विजेता  जनकपुर बोल्ट्स र काठमान्डू गुर्खाजबीच खेल हुने छ । 

उद्घाटन खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ । जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता हो । जनकपुरले सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर १७ (मंसिर १ गते) देखि डिसेम्बर ७ (मंसिर २१ गते) सम्म चल्नेछन् । खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच पहिलो क्वालिफायरको खेल हुनेछ। त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर हुनेछ ।

डिसेम्बर ११ मा पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेलिनेछ। यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीबीच डिसेम्बर १३ मा अन्तिम खेल हुनेछ । यो पटक त्रिवि क्रिकेट मैदानमा रातिको समयमा पनि खेल हुने छ । लाइट जडानका कार्य सकिएसँगै नेपालमा पनि फ्लडलाइटमा खेल हुने भएको हो ।  प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको