नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भएका छन् । सुरुका ३ ओभरमा निकै आक्रामक सुरुवात गरेको जनकपुरले त्यस पछि भने लय गुमाउँदै कमजोर अवस्थामा पुगेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुले यो समाचार तयार पार्दासम्म ५ विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ । यो अवधिमा १४ ओभर सकिएको छ । जनकपुरका लागि आसिफले सार्वाधिक ५४ रन बनाएर आउट भए । अन्यले उलेख्य प्रदर्शन गर्न सकेनन् ।
काठमाडौं गुर्खाजका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव र साहब आलमले एक– एक विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस