Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुर विरुद्ध पहिलो पावर प्लेमै काठमाडौंको विना विकेट ५५ रन

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १८ : ०४ मा प्रकाशित

जनकपुर विरुद्ध पहिलो पावर प्लेमै काठमाडौंको विना विकेट ५५ रन

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाजले उत्कृष्ट सुरुवात गरेको छ । १३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले पहिलो पावर प्लेमा विना विकेट ५५ रन बनाएको हो ।

काठमाडौंका लागि आकाश त्रिपाठीले २० रन बनाएर खेलिरहेका छन् भने बेन चाल्र्सवर्थले ३४ रन बनाएर खेलिरहेका छन् । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । 

जनकपुरका लागि आसिफ शेखले ५४ रनको योगदान दिए । त्यस्तै मयन यादबले ३४ रनको योगदान दिए भने लाहिरु समारकूनले २२ रनको योगदान दिए । काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए । साहब आलम, करण केसी र सन्तोष यादबले १–१ विकेट लिए । जनकपुर गत सिजनको विजेता टोलि हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको