नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाज विरुद्धको खेलमा जनकपुर बौल्ट्सले पहिलो सफलता हासिल गरेको छ । उसका लागि कप्तान अनिल साहले पहिलो विकेट लिए ।
उनले काठमाडौंका ओपनर बेन चाल्र्सवर्थर्ला ४६ रनमा आउट गरे । पहिलो खेलमा नै अर्धशतक बनाउनबाट उनी ४ रनले चुके । यो समाचार तयार पार्दासम्म काठमाडौंले १ विकेट गुमाएर ७३ रन बनाएर खेलिरहेको छ । यो अवस्थामा उसलाई जितका लागि ५८ रनको आवश्यकता रहेको छ ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले ५४ रनको योगदान दिए । त्यस्तै मयन यादबले ३४ रनको योगदान दिए भने लाहिरु समारकूनले २२ रनको योगदान दिए । काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए । साहब आलम, करण केसी र सन्तोष यादबले १–१ विकेट लिए । जनकपुर गत सिजनको विजेता टोलि हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस