Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल दोस्रो सिजन : पहिलो खेलमै पराजित भयो साविक विजेता जनकपुर, काठमाडौं ५ विकेटले विजयी

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १९ : ०३ मा प्रकाशित

एनपिएल दोस्रो सिजन : पहिलो खेलमै पराजित भयो साविक विजेता जनकपुर, काठमाडौं ५ विकेटले विजयी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उद्घाटन  खेलमा काठमाडौं गुर्खाजले जित निकालेको छ । आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

काठमाडौंका लागि ओपनर बेन चाल्र्सवर्थ ४६ रनमा आउट भए । पहिलो खेलमा नै अर्धशतक बनाउनबाट उनी ४ रनले चुके । त्यस्तै आकाश त्रिपाठीले ४० रन बनाए भने मिलिन्द कुमारले १९ रनको योगदान दिए । जनकपुरका लागि किशोर महतो, ललित राजवंशी, अनिल साह, निकोल लोफ्टी इटन र सञ्जय कृष्णमुर्तीले १–१ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले ५४ रनको योगदान दिए । त्यस्तै मयन यादबले ३४ रनको योगदान दिए भने लाहिरु समारकूनले २२ रनको योगदान दिए । काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए । साहब आलम, करण केसी र सन्तोष यादबले १–१ विकेट लिए । जनकपुर गत सिजनको विजेता टोलि हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको