Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, ०८ : २९ मा प्रकाशित

नेपाल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

संस्थापक सेयर बिक्री गर्दा शुरूमा कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा नेपाल लाइफका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित सेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ । उक्त समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
 

691bde602db74.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको