नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ । टस जितेर चितवनले बलिङ गर्ने निर्णय गरेसँगै कर्णाली पहिले ब्याटिङ गर्ने भएको हो ।
लिगको यो दोस्रो खेल हो । दुवै टोली जितकासाथ लिगको सुरु गर्ने दाउमा रहनेछ । चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ । कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहनेछ । कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ रहनेछ । ब्याटिङमा भने विदेशी खेलाडीमा कर्णालीले यो सिजन भर गरेको छ ।
अघिल्लो दिन भएको पहिलो खेलमा भने साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको थियो । आजको दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस