Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : कर्णाली याक्सको उत्कृष्ट सुरुवात, प्लेलमा बनायो ५१ रन

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १२ : १७ मा प्रकाशित

एनपिएल क्रिकेट : कर्णाली याक्सको उत्कृष्ट सुरुवात, प्लेलमा बनायो ५१ रन

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा अहिले चितवन राइनोज र कर्णाली याक्सबीच खेल भइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले उत्कृष्ट सुरवात गरेको छ । 

पहिलो पावर प्ले (६ओभर) सकिदा कर्णालीले विना विकेट ५१ रन बनाएर खेलिरहेको छ । उसका लागि प्रियांक पान्चाल ३६ रनमा खेलिरहेका छन् भने अर्का ओपनर म्याक्स ओडाउड १५ रन बनाएर खेलिरहेको छ । 

लिगको यो दोस्रो खेल हो । दुवै टोली जित कासाथ लिगको सुरु गर्ने दाउमा रहनेछ । चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ । कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहनेछ । कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ रहनेछ । ब्याटिङमा भने विदेशी खेलाडीमा कर्णालीले यो सिजन भर गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको