नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा चितवनले पहिलो सफलता हासिल गरेको छ । टस जिजेर पहिले बलिङ गरेको चितवनले ८.५ ओभरमा सफलता हासिल गरेको हो ।
चितवनका लागि सैफ अलीले पहिलो विकेट लिएका हुन् । उनले कर्णाली याक्सका म्याक्स ओडाउडलाई २० रनमा आउट गरेका हुन् । यो अवस्थामा कर्णालीले ९ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ । उसका लागि प्रियांक पान्चाल ४० रनमा खेलिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस