नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स र चितवन राइनोजक विरुद्धको खेलको पहिलो पारी सकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको हो ।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीता ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएसँगै चितवनले उक्त लक्ष्य पाएको हो । कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै पवन सराफले २७ रन बनाए । त्यस्तै माक्स ओडाउडले पनि टोलिका लागि २० रनको योगदान दिए ।
चितवनका लागि रवि बोपार, सैफ अली जैब र सोहेल तनभिरले एक–एक विकेट लिए । केही बेरमा चितवनले जबाफि ब्याटिङ गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस