Like us!
Follow us!
Connect us!
Watch us!

बोपाराको नायकत्वमा कर्णाली माथि चितवनको जित

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १५ : ०० मा प्रकाशित

बोपाराको नायकत्वमा कर्णाली माथि चितवनको जित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स विरुद्ध चितवन राइनोजले जित निकालेको छ । चिवनले कर्णालीलाई ४ विकटले पराजित गरेको हो । 

जितका लागि पाएको १६७ रनको लक्ष्य चितवनले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । चितवनको जितमा रवि बोपाराले ५२ रनको योगदान दिए । त्यस्तै दीपक बोहराले ४२ रनको योगदान दिए । सैफ अली जैबले ३८ रन बनाए भने कप्तान कुशल मल्लले २० रनको योगदान दिए । 

कर्णालीका लागि कप्तान सोमपाल कामीले २ विकेट लिए । युवराज खत्री, मार्क वाट र युनिश सिंह ठकुरीले एक एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै पवन सराफले २७ रन बनाए । त्यस्तै माक्स ओडाउडले पनि टोलिका लागि २० रनको योगदान दिए । चितवनका लागि रवि बोपार, सैफ अली जैब र सोहेल तनभिरले एक–एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको