Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा अधिक तरलताको चाप यथावत - ८४ दिनका लागि आज ५० खिच्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १० : २७ मा प्रकाशित

बैंकहरुमा अधिक तरलताको चाप यथावत - ८४ दिनका लागि आज ५० खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न नसक्दा नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ। अधिक तरलताको रकम व्यवस्थापनका लागि आज केन्द्रीय बैंकले थप ५० अर्ब खिच्ने भएको छ। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ८४ दिने निक्षेप संकलन उपकरणको आउँदो वर्ष आउँदो माघ २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको