नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने बताएका छन् । नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् ।
बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस