नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउण्डर वरियतामा सातौं स्थानमा झरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र सातौंमा झरेका हुन् ।
नेपालले पछिल्लो समय कुनै टी–२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् । यद्यपी दीपेन्द्रको रेटिङ अंक भने यथावत् छ । उनको २०२ अंक रेटिङ छ ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज र चौथोमा अफगानिस्तानका मोहम्मद नाबी यथावत् छन् । वेस्ट इन्डिजका रोमारियो शेपहर्ड पाँचौंमा उक्लँदा भारतका हार्दिक पान्ड्या छैटौंमा झरेका छन् । कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा यथावत् छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस