एनपिएल क्रिकेट अन्तर्गत अहिले काठमान्डू गोर्खाज र सुदूरपश्चिम रोयल्स मैदामा रहेका छन् । १४८ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरिरहेको काठमाडौंले यो समाचार तयार पार्दासम्म २ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ ।
काठमान्डूका बेन चाल्र्सवर्थ र भीम सार्की सस्तैमा आउट भए । सुदूरका लागि हेमन्त धामीले दुई विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो । उसका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण पारी खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए । दीपेन्द्रले ३७ रनको योगदान दिए ।
बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस