Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात, काठमान्डू २९ रनले पराजित

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १९ : ३१ मा प्रकाशित

एनपिएल क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात, काठमान्डू २९ रनले पराजित

एनपिएल क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा सुदूरपश्चिमले काठमान्डू गोर्खाजलाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य सहित ब्याटिङ गरेको काठमान्डू १६.४ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो ।  काठमान्डूका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रनको योगदान दिए । जोन सिम्पसन पनि २४ रन बनाए । अन्यले उलेख्य प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामी, हरमित सिंह र स्कट कुगेलेइजनले २–२ विकेट लिए । त्यस्तै नरेन साउद र इशान पाण्डे र अभिनास बोहोराले १–१ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो । उसका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण पारी खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए । दीपेन्द्रले ३९ रनको योगदान दिए । 

बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए । पहिलो खेलमा साविक विजेता जनकपुरलाई पराजित गरेको काठमान्डूको विजयी यात्रा एक खेलमै सिमित भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको