Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : लुम्बिनीलाई चितवनले दियो १४३ रनको लक्ष्य

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १७ : २५ मा प्रकाशित

एनपिएल क्रिकेट : लुम्बिनीलाई चितवनले दियो १४३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाए पछि लुम्बिनीले उक्त लक्ष्य पाएको हो । 

चितवनका लागि रवि बोपाराले सार्वजधिक ६६ रनको योगदान दिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रनको योगदान दिए । त्यस्तै सैफ अली जैबले पनि १५ रनको योगदान दिए । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । त्यस्तै अभिशेष गौतम र गुल्बदिन नाबीले २–२ विकेट लिए । 

लुम्बिनीको यो पहिलो खेल हो भने चितवनले यस अघि कर्णाली यक्सलाई पराजित गरेर विजयी सुरुवात गरिसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको