Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : चितवनलाई तेस्रो सफलता

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १८ : ५९ मा प्रकाशित

एनपिएल क्रिकेट : चितवनलाई तेस्रो सफलता

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तगर्त लुम्बिनी लायन्स विरुद्धको खेलमा चितवन राइनोजले तेस्रो विकेट लिएको छ । चितवनले तेस्रो विकेटका रुपमा दिलीप नाथलाई आउट गरेको हो । 

जितका लागि १४३ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको लुम्बिनीले यो समाचार तयारपार्दासम्म ३ विकेट गुमाएर १०५ रन बनाएर खेलिरहेको छ । उसका लागि सन्दीप जोराले २८ रनको योगदान दिए । त्यस्तै डार्शी शर्ट ११ रनमा आउट भए । दिलीप नाथ १० रनमा रन आउट भए । चितवनका लागि रिजन ढकालले २ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सार्वजधिक ६६ रनको योगदान दिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रनको योगदान दिए । त्यस्तै सैफ अली जैबले पनि १५ रनको योगदान दिए । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । त्यस्तै अभिशेष गौतम र गुल्बदिन नाबीले २–२ विकेट लिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको