Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल सिजन २ : चितवनमाथि लुम्बिनीको सहज जित

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १९ : १२ मा प्रकाशित

एनपीएल सिजन २ : चितवनमाथि लुम्बिनीको सहज जित

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोज माथि सहज जित निकालेको छ । लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । 

चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।

यस अघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन बनाए । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, देव खनाल १४ रनको योगदान दिए ।  बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुई–दुई विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको