Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, ०८ : ३१ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आम सर्वसाधारणले समेत किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले कुल २१ हजार ३८९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक सेयरधनी ज्ञानेन्द्र पौडेलको नाममा रहेको १६ हजार ८८९ कित्ता र देवराज पाण्डेको नाममा रहेको ४ हजार ५०० कित्ता सेयर बिक्रीमा राखेको हो । यी सेयरहरू खरीद गर्न यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समय दिइएकोमा खरीद नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

सो सेयर किन्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित अबको १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–०८ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको