Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल क्रिकेट : सुदूरपश्चिम र पोखरा भिड्दै, कस्ले मार्ला बाजी ?

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, ०८ : ४१ मा प्रकाशित

एनपीएल क्रिकेट : सुदूरपश्चिम र पोखरा भिड्दै, कस्ले मार्ला बाजी ?

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । आजको खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने छ । 

खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ । विराटनगर किङ्ससँग हारेको पोखरा पहिलो जितको खोजीमा छ भने काठमाडौंविरुद्ध जित निकालेको सुदूरपश्चिम दोस्रो जित निकाल्ने रणनीतिमा छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता टोली हो भने पहिलो संस्करणमा पोखराले राम्रो प्रदर्शन गर्न सकेन । 

पोखराले दोस्रो संस्करणको पहिलो खेलमा एनपीएलकै सर्वाधिक उच्च २२१ रनको लक्ष्य पक्ष्याएकोमा ५३ रनको फराकिलो अन्तरले हार बेहोर्न पुग्यो । यता काठमाडौंसँगको पहिलो खेलमा हारको नजिक नजिक जस्तै पुगेको सुदूरपश्चिमले भने पुनरागमन गर्दै २९ रनले जित निकाल्न सफल भएको थियो। गत वर्ष सुदूरपश्चिमले पोखरा विरुद्ध ५ रनले जित हाँसिल गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको