Like us!
Follow us!
Connect us!
Watch us!

मेलमिलाप आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडितको धर्ना

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, १३ : ४७ मा प्रकाशित

मेलमिलाप आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडितको धर्ना

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौताको २ दशक पुग्दासम्म आफूहरूले न्याय नपाएको र आयोगलाई राजनीतिक भागबण्डाको थलो बनाइएको भन्दै उनीहरूले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका हुन् । 

उनीहरूले विधि प्रक्रिया मिचेर तेश्रो पटक पनि दलीय भागबण्डा गरेको भन्दै राजनीतिक नेतृत्वबाट नियन्त्रित आयोगहरू तत्काल खारेज गर्न माग गरेका छन् ।  उनीहरूले द्वन्द्वपीडित समुदायको विश्वास भरोसा नभएको आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी मात्र भएकाले आयोग पुनर्गठन गर्न माग गरेका छन् ।
सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको