Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, १५ : ५७ मा प्रकाशित

एनपिएल क्रिकेट : पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखरा एभेन्जर्सले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेसँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो । 

सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौ गोर्खाजलाई २९ रनले हराएको थियो भने  पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । पोखरा आजको खेलमा पहिलो जितको खोजीमा छ । सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । 

पोखरा एभेन्जर्सको टोली : कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविषेक तिवारी, आकाश चन्द, विपिन खत्री, सुमित वर्मा, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम ।

सुदूरपश्चिम रोयल्सको टोलीः दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन, हरमित सिंह ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको