Like us!
Follow us!
Connect us!
Watch us!

अर्घाखाँची सिमेन्ट र त्रिरुपति फुड प्रोसेसिङलाई विभागद्वारा जरिवाना

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, ०७ : २१ मा प्रकाशित

अर्घाखाँची सिमेन्ट र त्रिरुपति फुड प्रोसेसिङलाई विभागद्वारा जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीमा अवस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रिजलाई उत्पादन गुणस्तरमा कमजोरी देखिएको भन्दै आर्थिक कारबाही गरेको छ। विभागबाट खटिएको टोलीले तीन उद्योगको निरीक्षण गर्दा सरकारी मापदण्डविपरीत वस्तु उत्पादन भइरहेको पुष्टि भएपछि दुवै उद्योगलाई जनही दुई लाख पाँच हजार रुपैयाँको दरले जरिवाना गरिएको हो।

विभागले आइतबार सार्वजनिक गरेको सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ मा उल्लेखित व्यवस्था अनुरूप कारबाही गरिएको स्पष्ट गरेको छ। पछिल्लो समय उपत्यकामा सञ्चालित खानेपानी उद्योगका बारेमा बढ्दो गुनासोपछि विभागले अनुगमन गतिविधि झनै तीव्र बनाएको जनाएको छ।

उपत्यकामा पिउने पानीको गुणस्तरमा समस्या देखिन थालेपछि विभागले करिब १८ वटा खानेपानी उद्योगमा बिहीबार र आइतबार निरीक्षण गरेको हो। अनुगमनका क्रममा ललितपुरको गोदावरीमा अवस्थित त्रिपुरा बेभरेज र बडीखेल खानेपानी उद्योग दर्ता नवीकरण नगरी सञ्चालनमा रहेको पाइएपछि तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यसअघि पनि विभागले कोशी मिनरल वाटर, स्तूपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड बेभरेज लगायतका उद्योगहरूलाई गुणस्तर कायम गर्न आवश्यक निर्देशन दिँदै आएको छ। उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन नबनाउने उद्योगविरुद्ध कडाइका साथ कारबाही गर्ने विभागको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको