Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल क्रिकेट : आज सुदूरपश्चिम र कर्णाली तथा जनकपुर र विराटनगर भिड्दै

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, ०८ : ०४ मा प्रकाशित

एनपीएल क्रिकेट : आज सुदूरपश्चिम र कर्णाली तथा जनकपुर र विराटनगर भिड्दै

एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । अंक तालिकामा ४ अंक सहित शीर्ष स्थानमा रहेका विराटनगर किंग्स र सुदूरपश्चिम रोयाल्सको खेल आज हुँदैछ ।

नेट रनरेटका आधारमा पहिलो स्थानमा रहेको विराटनगर किंग्सले आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विरुद्ध खेल्नेछ । एक मात्र खेल खेलेको जनकपुरले अहिलेसम्म कुनै अंक जोडेको छैन । उद्घाटन खेलमा जनकपुर बोल्ट्स काठमाण्डू गोर्खाजसँग पराजित भएको थियो। दुई खेलमा विजयी रहेको विराटनगर आज आफ्नो अपराजित यात्रालाई निरन्तरता दिनका लागि खेल्दैछ भने जनकपुर आफ्नो पहिलो जीतको खोजीमा छ ।

लुम्बिनी लायन्सलाई पराजित गरेपश्चात उच्च मनोबल बोकेको कर्णाली याक्सले आज हुने दोस्रो खेलमा सुदूरपश्चिमको सामना गर्दैछ । अंक तालिका अनुसार दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले हालसम्म खेलेका दुई खेलमध्ये दुबै खेल जितेका छन् भने कर्णाली याक्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । आजको पहिलो खेल बिहान ११ः४५ मा सुरु हुनेछ भने दोस्रो खेल साँझ ४ बजे शुरु हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको