Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : टस हारेर पहिले ब्याटिङ गर्दै अपराजित विराटनगर

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, ११ : ४३ मा प्रकाशित

एनपिएल क्रिकेट : टस हारेर पहिले ब्याटिङ गर्दै अपराजित विराटनगर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुरले टस जिजेर  विराटनगर किङ्सलाई ब्याटिङको निम्तो दिएको हो ।

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै अपराजित रहेको विराटनगर आजको खेलमा जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाउने योजनाका साथ मैदामा उत्रदैछ । साविक विजेता जनकपुर पनि आजको खेलमा पहिलो जित निकाल्ने योजना सहित मैदामा प्रवेश गरेको छ ।

उसले  पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटको पराजय भोगेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भेट भएको थियो । जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको