नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङसले जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाए पछि जनकपुरले उक्त लक्ष्य पाएको हो ।
विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । बासिर अहमदले ३६ रनको योगदान दिए । त्यस्तै लोकेश बमले २८ रन बनाए भने मार्टिन गुप्टिलले १३ रनको पारी खेले ।
जनकपुरका लागि रुपेश सिंहले ३ विकेट लिए । त्यस्तै संगीत कुरेले दुई विकेट लिए । आदित्य महात्तोले १ विकेट लिए । सुरुका दुई खेलमा अपराजित रहेको विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस