Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : विराटनगरको अपराजित यात्रा जारी, जनकपुर ९ रनले पराजित

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, १५ : १३ मा प्रकाशित

एनपिएल क्रिकेट : विराटनगरको अपराजित यात्रा जारी, जनकपुर ९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङस विजयी भएको छ । आजको पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पारजित गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको हो । 

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको साविक विजेता जनकपुरले १२६ रन मात्रै बनाउन सक्यो । उसका लागि जान निकोल लोफ्टी–इटनले सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै लाहिरु मिलान्थाले २३ रनको योगदान दिए भने सञ्जय कृष्णमूर्तिले २० रनको योगदान दिए । विराटनगरका लागि सन्दीप लामिछानेले सार्वधिक ४ विकेट लिए । सूर्य तामाङले २ विकेट लिए ।  मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेलले १–१ विकेट लिए । 

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । बासिर अहमदले ३६ रनको योगदान दिए । त्यस्तै लोकेश बमले २८ रन बनाए भने मार्टिन गुप्टिलले १३ रनको पारी खेले । 

जनकपुरका लागि रुपेश सिंहले ३ विकेट लिए । त्यस्तै संगीत कुरेले दुई विकेट लिए । आदित्य महात्तोले १ विकेट लिए । सुरुका दुई खेलमा अपराजित रहेको विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको