नेपाल सरकारको मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकास पाउने भएसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो । अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन् । त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् ।
मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए। तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन् । अर्याल २०७७ माघ १९ गते सभिवमा बढुवा भएका थिए । सचिवको पदावधि सकिनु साढे २ महिना पहिले मुख्यसचिव बनेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस