सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार कोशी प्रदेशसभाको भवन र बन्दै गरेको भवन निरीक्षण गर्न पुगेका विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
‘न्यायालयमा गएको छ, हामी आशावादी छौँ, न्याय ठीक ढंगबाट हुँदाखेरि संसद् पुनस्र्थापना भएर जान्छ,’ उनले घिमिरेले भने । प्रतिनिधिसभा जसरी विघटन भएको छ त्यसरी विघटन हुन सक्ने परिकल्पना संविधानले नगरेको घिमिरेको भनाइ छ । ‘हाम्रो संविधानले यसरी विघटन गर्न दिँदैन । संविधान सम्मत संसद् भंग गर्ने ठाउँ छैन र संसदबाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन,’ उनले भने ।
जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर अर्को निर्वाचनको मिति तय गरेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ का लागि तय भएको छ । सभामुख घिमिरे भने अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको बुझाइमा छन् । यही बुझाइका साथ सभामुख घिमिरेले सर्वोच्च अदालतमा समेत लिखित जवाफ पठाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस