Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : अपराजित विराटनगरको सामना गर्दै चितवन

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, ०८ : ०२ मा प्रकाशित

एनपिएल क्रिकेट : अपराजित विराटनगरको सामना गर्दै चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैन । आजको खेलमा अपराजित रहेको विराटनगर किङ्स र चितवन राइनोज खेल्दैछन् । 
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ ।

विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको तीन वटै खेलमा अपराजित रहँदै तालिकाको दोस्रो स्थानमा छ ।

यता पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवनले दोस्रो खेलमा लुम्बिनीविरुद्ध हार बेहोरेको थियो । विराटनगर आफ्नो अपराजित लयलाई कायम राख्ने योजनाका साथ मैदानमा उत्रिंदैछ भने राइनोज दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदानमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको