मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ । बैंकले मंसिर ६ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।
बैंकको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो । डिम्याट खातामा बैंक खाता अद्याधिक भएको सेयरधनीहरूलाई मंसिर ७ गतेदेखि नगद लाभांश पठाउन शुरू गरिएको बैंकले जनाएको छ । साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र अध्यावधिक गर्न आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस