शिव श्री हाइड्रोपावर लिमिटेडको लिलाम सेयर बाँडफाँड गरिएको छ । कम्पनीको कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले लिलाम बिक्रीमा राखेको थियो । बिक्री अवधिभर सेयर खरीदका लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
बाँडफाँडको अन्तिम मूल्य सर्वसाधारण समूहतर्फ प्रतिकित्ता १४० रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस