Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीले मात्रै शिवम् सिमेन्ट्सको लाभांश पाउने

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, ०७ : ५५ मा प्रकाशित

आजसम्म कायम सेयरधनीले मात्रै शिवम् सिमेन्ट्सको लाभांश पाउने

शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछ । 

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २५ गते साधारणसभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा हुने छ । यो कम्पनीको १० औँ वार्षिक साधारणसभा हो र उक्त सभा बिहान साढे १० बजे सुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको