अर्थ संसार
काठमाडौं–राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरेको छ । पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालले नास्टको ३४ औं वाषिकोत्सवमा प्रदान गरे ।
पुरस्कार पाउने अनुसन्धानकर्ताहरुमा प्रा. डा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्रा. डा. कृष्णदास मानन्धर र प्रा. डा. श्रृजनलाल श्रेष्ठ छन् । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५ हजार रुपैयाँ छ । नास्टको उक्त समारोहमा १७ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस