पछिल्लो समय सेयर बजारमा गिरावट आइरहेको छ । सेयर बजारका लागि आवश्यक सबै सूचक सकारात्मक रहेको अवस्थामा समेत बजार घट्दा लगानीकर्ताहरुनै यसबाट अच्चम परेको बताएका छन् ।
सेयर लगानीकर्ता राधा पोखरलेले पनि अहिलेको बजार घट्दा निकै अच्चम लागेको बताइन् । उनले सेयर बजारका लागि साउनदेखि असोजसम्म बालि भित्र्याउने समयका रुपमा हेरिने भए पनि यो समेमा बजार घट्नु अस्वभाविक रहेको उनको भनाइ छ । ‘पुँजी बजारका लागि साउनदेखि असोजसम्मको सयम भनेको बाली भित्र्याउने समयका रुपमा हेरिन्छ । यहि समयमा बजार घट्दा अच्चम लागेको छ,’ उनले भनिन् । सबै सूचक सकारात्मक भए पनि लामै समयदेखि बजार घट्नुमा लगानीकर्तामा धैर्यता गर्न नसक्नु पनि कारणका रुपमा रहेको उनी बताउँछन् ।
अहिले बजारमा छोटो समयमै नाफा बुक गर्न खोज्नेक्रम पनि बढेको छ । दिर्घकालिन रुपमा भन्दा पनि बजारलाई छोटो सयका लागि हेरिएको अवस्थामा बजारको अवस्था यस्तै रहने पोखरेलको भनाइ छ । ‘अहिले लामो समयका लागि भन्दा छोटो समयका लागि पुँजी बजारमा खरिद बिक्री भइरहेका छ,’ उनले भनिन् ।
अहिलेको अवस्थामा पुँजी बजार स्थिर देखिने अवस्था नरहेको बताएकी छिन् । अहिले बजारमा सबै सूचक सकारात्मक रहेको अवस्थामा पनि बजार घटिरहेको अवस्थामा बजार स्थिर बन्ने अवस्था तत्काल नरहेको बताएकी हन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस