अनुभवी सेयर लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिका पौडेलले अहिले सेयर बजार घट्नुमा प्रि-आईपीओ र लगातार आईपीओहरू जारी हुनु पनि एक कारण हुन सक्ने बताएका छन्।अर्थसंसारसँगको कुराकानीमा उनले सबै आर्थिक सूचक सकारात्मक रहे पनि बजार घट्नुको पछाडि लगानीकर्ताको ध्यान आईपीओ तर्फ आकर्षित हुनु र प्रि-आईपीओमा लगानी बढ्नु पनि कारण हुनसक्ने बताएका हुन् ।
अहिलेको बजार घटेको देख्दा आफू पनि अच्चममा परेको पौडेलको भनाइ छ । ‘सबै सूचकहरु राम्रा छन् । सरकार पनि सकारात्मक छ । तर बजार घटेको छ । जुन अच्चमको विषय हो,’ उनले भने । प्रि आईपीओको आतंक पनि बजार घट्नुको एउटा कारण रहेको उनी बताउँछन् । विना अनुमति प्रि आईपीओको नाममा बजारबाट पैसा उठाइएको उनले बताए । यो आंकतले पनि बजार घट्को उनको भनाइ छ ।
पछिल्लो समय नियमित रुपमा आईपीओ आइरहँदा पनि बजार घट्न पुगेको हुन सक्ने उनी सुनाउँछन् । विस्तारै बजार बढ्छ भन्ने उनको भनाइ छ । दोस्रो बजारमा चलिरहने रकमको एउटा सिमा छ । ८ अर्ब १० अर्ब जुन छ । आईपीओ आउँदा केही रकम आईपीओमा जाने भयो,’ उनले भने, ‘आईपीओको १०० रुपैयाँमा किनेर १ हजार २०० सम्ममा बिक्री गरिन्छ । अनि त्यो सेयर ठूला खेलाडीकोमा जाने र त्यसबाट आएको पैसा सेयर बजारमा भन्दा अन्य क्षेत्रमा खर्च हुने गरेको छ ।’
बजारमा १ करोड रुपैयाँको आईपीओ आउँदा १० करोड रुपैयाँ बाहिरने अवस्था देखिएको उनको भनाइ छ । अन्य काममा जाने अवस्था भयो । सेयर बजारको पैसा सेयर बजारमै रहने भन्दा पनि बाहिर जाने अवस्थाका कारणले पनि बजार घटरहेको पौडेलको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस