Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार फुकुवा

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १३ : ०९ मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार फुकुवा

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कानुनको पालना गर्ने प्रतिबद्धतासहितको स्पष्टीकरण पेश गरेपछि उसको कारोबार फुकुवा गरिएको हो ।

वार्षिक साधारण सभा सम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो पठाएको कारण नेप्सेले गत सोमबारदेखि कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । कम्पनी सञ्चालक समितिले भदौ ११ गते बसेको बैठकले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय नेप्सेमा भदौ १६ गते मात्र पठाइएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको