Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार रोक्का,यस्तो छ कारण

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १४ : ५२ मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार रोक्का,यस्तो छ कारण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्याङ्गे हाइड्रोपावरमाथि कारबाही गरेको छ।

वार्षिक साधारण सभासम्बन्धी सञ्चालक समितिको निर्णय ढिलोगरी पेस गरेको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। साथै, कम्पनीलाई तीन कार्य दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ।

कम्पनीको सञ्चालक समितिको २०८२ भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित नवौं वार्षिक साधारण सभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय नेप्सेलाई भदौ १६ गतेमात्र पेस गरिएको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम २२ (१) अनुसार, धितोपत्र मूल्यमा असर पार्ने सूचना, जानकारी वा निर्णय उत्पन्न भएमा सम्बन्धित सूचीकृत संस्थाले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेलाई पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको