नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको हो ।
आज विराटनगरले एक खेलाडी परिवर्तन गरेको छ । मार्टिन गप्टिलको स्थानमा साम हेजलेटलाई सुरुवाती ११ मा ल्याएको छ । चितवनले पनि एक खेलाडी परिवर्तन गरेको छ । रिजन ढकालको स्थानमा रञ्जित कुमारलाई टिममा समावेश गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस