सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन् । नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो ।
भदौ २४ गते जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो । अदालतमा कागजनी र तोडफोड गरेर क्षति पु¥याउनेलाई कानुनी दायरामा ल्याउन अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस