Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : विराटनगरलाई चितवनको १७५ रनको चुनौति, बोपाराको अर्धशतक

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १८ : ५२ मा प्रकाशित

एनपिएल क्रिकेट : विराटनगरलाई चितवनको १७५ रनको चुनौति, बोपाराको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किङ्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाए पछि विराटनगरले उक्त लक्ष्य पाएको हो । 

चितवनका लागि रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाए । बोपाराले सर्वाधिक ६५ रन बनाए । त्यस्तै सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले २० रनमा अविजित रहे । 

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा शुभम रन्जानले एक विकेट लिए । सुरुवाती १० ओभरमा ७५–३ को अवस्थामा रहेको चितवनले अर्को १० ओभरमा ९९ रन जोडेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको