नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएपछि सुदूरपश्चिमले उक्त लक्ष्य पाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले ३१ रनको पारी खेले । त्यस्तै सुमित महर्जन र डी’आर्सी सर्टले समान १८÷१८ रनको योगदान दिए । गुलबदिन नैबले पनि टोलिका लागि ११ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि अभिनाष बोहोरा र हर्मीत सिंहले ३÷३ विकेट लिए । हेमन्त धामी २ विकेट लिए । त्यस्तै स्कट कुगेलेइजनले १ विकेट लिए । सुदूरपश्मिले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस