नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै उसले आफ्नो अपराजित यात्रा जारी राखेको हो ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकट गुमाएर पुरा गरेको हो । उसका लागि ओपनर विनोद भण्डारीले अविजित रहँदै ७० रनको योगदान दिए । त्यस्तै आरिफ शेखले ३९ रनको योगदान दिए भने क्रिस लिनले पनि १६ रनको योगदान दिए । लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यान, अभिषेश गौतम र तिलक भण्डारी १÷१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले ३१ रनको पारी खेले । त्यस्तै सुमित महर्जन र डी’आर्सी सर्टले समान १८÷१८ रनको योगदान दिए । गुलबदिन नैबले पनि टोलिका लागि ११ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि अभिनाष बोहोरा र हर्मीत सिंहले ३÷३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए । त्यस्तै स्कट कुगेलेइजनले १ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस