Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : चितवन विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै काठमान्डू

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, ११ : ४१ मा प्रकाशित

एनपिएल क्रिकेट : चितवन विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै काठमान्डू

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमान्डू गोर्खाज टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । चितवनले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै काठमान्डूले पहिले ब्याटिङ गर्ने भएको हो । 

आजको खेलमा काठमान्डुले अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ । चितवनले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ । अमर सिंह राउटेलाको स्थानमा रिजन ढकाललाई सुरुवाती ११ मा स्थान बनाएका छन् । 

लिगमा चौथो खेल खेल्न लागेको चितवन तेस्रो जितको खोजीमा हुनेछ । लिग चरणमा पाचौँ खेल खेल्न लागेको काठमाडौ तेस्रो जितको खोजीमा हुनेछ। चितवन र काठमाडौको अंक तालिकामा समान ४ अंक छ । प्लेअफ सम्भावना जिवित राख्न यी दुई  टोलीलाई जित्नै पर्ने दबाब छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको