नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको चुनौति दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा अलआउट हुँदै १४२ रन बनाएको हो ।
काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३को योगदान दिए । बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । रञ्जित कुमार र कमलसिंह ऐरीले दुईदुई तथा रवि बोपाराले एक विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस