चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम चारमा पुग्ने सम्भावना जिवितै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार काठमाडौँले चितवनलाई ५३ रनले पराजित गरेको हो ।
एनपीएलमा ५ खेलखेल्दा काठमान्डूको यो तेस्रो जित हो । तीन खेलमा जित र दुई खेलमा हार भोगेको काठमाडौँ ६ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । जितसँगै काठमाडौँको ‘प्लेअफ’ खेल्ने सम्भावना बलियो बनेको छ । लिग चरणका चारमध्ये दुई खेलमा जित र दुई खेलमा हार भोगेको चितवन भने चार अंकसहित चौथो स्थानमा झरेको छ । हारसँगै चितवनले प्लेअफमा पुग्न संघर्ष गर्नुपर्नेछ । आजको खेलमा काठमान्डूले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१ रन बनाए । सोहेल तनविरले १८ रन थपे । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
चितवनलाई कम स्कोरका रोक्न काठमाडौका रसिद खानले ३ विकेट लिए । करण केसी, मिलिन्द कुमार, साहब आलमले समान दुई विकेट लिए । सन्तोष यादवले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँ २ बल बाँकी छँदै सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । उसका लागि जोन सिमसनले ६० रनको योगदान दिए भने मिलिन्द कुमारले ३८ रन बनाए । यी दुईले ९८ रनको साझेदारी गरेपछि काठमाडौँले सम्मानजनक योगफल खडा गरेको थियो । चितवनका लागि सोहेल तनविरले ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट झारे । रवि बोपाराले एक विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस